Aamsanchar

क्यान्सर पीडित ७४ वर्षीय वृद्ध एक महिनापछि कोरोनामुक्त

Author Image
शुक्रवार, असार ५, २०७७

चितवन । चितवनका ७४ वर्षीय फोक्सोका क्यान्सर पीडित एक वृद्ध कोरोनाबाट निको भएका छन्।

भरतपुर अस्पतालमा उपचाररत उनी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा प्रमोद पौडेलले जानकारी दिए। झन्डै एक महिनाअघि ती वृद्ध र उनकी श्रीमतीमा संक्रमण पुष्टि भएको थियो। उनी परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर फर्किएका थिए।

घर फर्किएर कोरोना परीक्षण गर्दा श्रीमतीसहित वृद्धमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएलगत्तै उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। पछि उनीहरूसँगै भारतबाट आएका छोरामा पनि संक्रमण पुष्टि भयो।

छोरा भने यसअघि नै डिस्चार्ज भएर घर गएका थिए। डा पौडेलका अनुसार उपचारको बीचमा वृद्धमा खोकीको समस्या देखिएको र श्रीमतीमा तीन दिन पखाला लागेको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर