Aamsanchar

विदेशबाट २३ नेपालीको शव काठमाडौं ल्याइयो

Author Image
शुक्रवार, असार ५, २०७७

काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ ।

कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यी शवहरू ६ महिनादेखि विभिन्न कानुनी प्रावधानका कारणले रोकिएको थियो । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर