काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जनामा कोरोना संक्रमण देखिएको छ।
प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।
हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ। संक्रमितमध्येकै नर्सिङ इन्चार्ज दाङको लमहीबाट घोराही अस्पतालमा आवातजावत गरेकी थिइन्।
उनीहरु सहित नेपालमा शुक्रबार ४२६ जनामा कोरोना संक्रमण देखिएको छ। थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।
कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।