Aamsanchar

आजको राशीफल (२०७७ असार ६ गते शनिबार)

Author Image
शनिवार, असार ६, २०७७

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका साथी भाई र आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज भाग्यले साथ दिनेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । रोकिएका काम पुनः सुरु हुन सक्छ । बौद्धिकताको विकास हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यात्रा गर्दा बाटोमा दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । नाममा हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर