Aamsanchar

पहिरोले लियो दुई जनाको ज्यान,४ जना घाइते,कार पूर्ण क्षती

Author Image
शनिवार, असार ६, २०७७

गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।

अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ । जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर