Aamsanchar

ठेकेदारसँग पैसा माग्दामाग्दै इन्सपेक्टर पक्राउ

Author Image
शनिवार, असार ६, २०७७

काठमाडौँ । देशका सबै निकायका प्रतिनिधीहरु भ्रष्टभए वा हुने सोच मात्र राखे भने प्रहरी ईमान्दार बन्यो भने कसैको केही लाग्दैन, देशको जुनसुकै निकायका उच्च तहका व्यक्तीले कानुन विपरितकार्य, भ्रष्टचार गरे पक्राउ गर्ने प्रहरीले नै हो । यस्तो ठुलो प्रतिष्ठा बोकेको संगठनका प्रहरीहरु नै भ्रष्टचार काण्डमा परेर  पक्राउ पर्नुले सिंगो प्रहरी संगठन बन्दाम हुने गरेको छ । त्यस्तै एउटा काण्ड भएको छ । ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुससहित पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि उनले ठेकेदार लामासँग पैसा माग्दै आएको बुझिएको छ ।

‘कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं । उनी आजैबाट निलम्बन भइसकेका छन् । अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछ’, बाग्मती प्रदेशका डिआइजी बसन्त लामाले बताए ।

घटनाबारे थप अनुसन्धान गर्दै घुससहित पक्राउ परेका इन्सपेक्टर रायलाई अख्तियारमा बुझाउने प्रदेश कार्यालय प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर