Aamsanchar

पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्र को गस्ती

Author Image
आइतवार, असार ७, २०७७

काठमाडौं ।  पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशीय सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएको थियो ।  खबरहबबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर