झिलझिले । झापाको शिवसताक्षी नगरपालिका स्थित झर्ना प्रार्थमिक बिद्यालय क्वारेन्टिनमा राखिएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।
ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट उपचारका लागि अस्पताल/आइसोलेसनमा लाने तयारी गरिएको छ । तर कुन अस्पताल लाने भन्ने टुङगो लगाई नसकेको जानकारी प्राप्त भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 297