Aamsanchar

नेपालमा कोरोना, संक्रमितको संख्या १११६२ पुग्यो, २६ जनाको मृत्यु

Author Image
बिहिवार, असार ११, २०७७

काठमाडौँ । नेपालमा २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत २ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा २६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । त्यस्तै, २ हजार ६ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)