Aamsanchar

खालीपेटमा नखानु यी खानेकुरा, ‘पेट रोग उत्पन्न हुन्छ’

Author Image
बिहिवार, असार २५, २०७७


एजेन्सी :  स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ । कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ ।

खालीपेटमा खान नहुने 

केरा : केरा दूधसँग खायो भने बजन बढ्छ तर खाली पेटमा केरा खादा शरीरमा म्याग्रिसियमको मात्रा बढ्न गरी अपच, पेट फुल्ने तथा एसिडको मात्रा बढ्छ ।

काँचो गोलभेंडाः  काँचो गोलभेंडा खाली पेटमा खादा पेट फुल्ने, दुख्ने छाती पोल्ने समस्या उत्पन्न हुन्छ । काँचो गोलभेंगा खाली पेटमा खादा पत्थरी हुने सम्भावना बढी रहन्छ ।

सखरखण्ड:  सखरखण्ड खाली पेटमा खाँदा गयष्ट्रिकको समस्या बढ्छ ।

सोडा : खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

अल्कोहल : अल्कोहल खाँदा छिट्टै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ ।

दुध हालेको चिया : खाली पेटमा दुध हालेको चिया खाँदा पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । बिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर