Aamsanchar

आजको राशीफल (२७ असार २०७७, शनिवार)

Author Image
शनिवार, असार २७, २०७७

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ र सहयोग पाईनेछ । नयाँ काम सुरुपनि गर्ने समय आएको छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा नरमाइलोपन आउनसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज व्यापार व्यावसाय र वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर