एजेन्सी । विश्वभर एकैदिन झण्डै साढे २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ४१ हजार जनामा नयाँ संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ३० हजार पुगेको छ।
सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३ सय, ब्राजिलमा ४३ हजार ८ सय, भारतमा ३५ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार १ सय, रसियामा ६ हजार ४ सय र मेक्सिकोमा ६ हजार १ सय जना नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३८ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ लाख नजिक पुगेको छ। ब्राजिलमा १२ सय ९९, अमेरिकामा ८ सय ८४, भारतमा ६ सय ८०, मेक्सिकोमा ५ सय ७९, दक्षिण अफ्रिकामा २ सय १६, कोलम्बियामा २ सय १५, पेरुमा १ सय ९८ र रसियामा १ सय ६७ जनाको मृत्यु भएको छ। कूल संक्रमितमध्ये ८२ लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ५० लाख संक्रमित अझै पनि उपचाररत छन्।