बंगलादेशमा कोरोनाभाइरसको परीक्षणमा ठूलो घोटाला भएको खुलासा भएको छ ।
घटनाबारे पर्दाफास भएपछि ढाकाको एक अस्पतालका मालिकसमेत १२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुमाथि हज्जारौं बिरामीलाई परीक्षण नै नगरी नेगेटिभ सर्टिफिकेट प्रदान गरेको आरोप लागेको छ ।
जून महिनाको अन्तिमसम्म हरेक दिन १८ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो तर पछिल्लो दुई हप्तामा १० हजार व्यक्तिको मात्रै कोरोना परीक्षण हुन सकेको छ ।
विशेषज्ञका अनुसार घोटालाबारे तथ्य सार्वजिनक भएपछि जनताको परीक्षणमाथि शंका बढेको छ । बंगलादेशमा २ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ भने २ हजार ६ सय १८ व्यक्तिको मृत्यु भएको छ ।
स्रोतः बीबीसी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 95