Aamsanchar

प्रचण्डकी नातिनी स्मिताको गीत ‘मायालु तिमी कता छौं – २’ 

Author Image
मङ्गलवार, साउन ६, २०७७

स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कता छौं – २(सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।

गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन्। संगीत गायक शिवाकोटीले नै दिएका छन्।

म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जिसी, कलर श्याम कार्की, कोरियोग्राफीरकथा विक्रम स्वारको रहेको छ। भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन्।

Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर