Aamsanchar

विराट नर्सिङ होमका डाक्टरमा कोरोना सक्रमण, ओपीडी र आकस्मिक कक्ष शील

Author Image
बिहिवार, साउन ८, २०७७

मोरङ ।  विराट नर्सिङहोमकोओपीडी र आकस्मिक कक्ष बन्द भएको छ । । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको विवरण लुकाएको भन्दै बन्द गराएको हो ।

त्यसै अस्पतालमा कार्यरत संक्रमित चिकित्सक स्त्री तथा प्रसूति रोग विषेशज्ञ हुन् । संक्रमण पुष्टि हुनुअघिसम्म उनी बिरामी जाँचमा खटिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

संक्रमितको पहिचान खुलेपछि कोरोना अस्पताल विराटनगरमा भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । मंगलबार विराट नर्सिङ होमले पहिचान लुकाएर स्वाब संकलन गरी कोशी अस्पतालमा जाँचका लागि पठाएको थियो ।

अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले संक्रमितको पहिचान लुकाएको थियो । डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनसँगको समन्वयमा बिहीबार अस्पतालको ओपीडी र आकस्मिक सेवा बन्द गरिएको हो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अर्को सूचना नभएसम्म सेवा बन्द गराइएको जानकारी दिए । अस्पतालमा शुक्रबारदेखि ‘डिसइन्फेक्ट’ को काम थालिने र संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्न सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर