Aamsanchar

राष्ट्रिय खेलकुदको गीत सार्वजनिक

Author Image
सोमवार, असोज ३, २०७३

khelkud ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी……..’

काठमाडौँ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यहरु गङ्गाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी’ बोलको उक्त गीतको सीडि संयुक्त रुपमा विमोचन गर्नुभयो ।

सो गीत वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल र राखेपका प्रेस सल्लाहकार रोहित दाहाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको हो । टङ्क उप्रेतीको शब्द र सुमित खड्काको स्वर रहेको गीतमा मनराजा नकर्मीले सङ्गीत भरेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा आगामी मङ्सिर ८ गतदेखि १५ गतेसम्म हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर