Aamsanchar

हाम्रो बारेमा

Author Image
आइतवार, माघ ५, २०७६

अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ । आम सञ्चारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो सञ्चारबाट शुरु भएको सञ्चारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा अघि फड्को मारेको छ । छापामा सञ्चारमाध्यमको रुपमा पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यमको रुपमा रेडियो, टेलिभिजन हुँदै आधुनिक विश्वको अत्याधुनिक सञ्चारमाध्यम बनेको छ अहिले विद्युतीय पत्रिका ‘अनलाइन ।’ विद्युतीय पत्रिका ‘अनलाइन’ मार्फत एक क्लिकमा सेकेन्डभरमा विश्वमा सूचना प्रवाह सम्भव भएको छ । आमसंचार अत्याधुनिक र सशक्त माध्यम बनेको छ आजको समयमा ।
जस्तो नाम त्यस्तै काम । आम मानिसमा एकसाथ समाचार, सन्देश, सूचना प्रवाहका लागि आमसञ्चार डटकम (प्रा.)लि.ले सञ्चालनमा ल्याएको आमसंचार डटकम (https://www.aamsanchar.com/) नेपाली भाषाको समाचार पोर्टल हो । सामाजिक मुद्दा, खोजमूलक, नयाँ र पाठकका रुचीका विषयवस्तु आमसंचार डटकमका प्राथमिकता हुन् । राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन, चलचित्रका साथ देश बाहिरका विषयवस्तु पनि आमसंचार डटकमले समेट्ने छ । विज्ञान प्रविधि, जीवनशैली, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, समुदायका विविध पक्षका सामग्री आमसंचारमा अध्ययन गर्न सकिनेछ । समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियो समेत हेर्न र सुन्न आमसंचार डटकममा सकिने छ । नेपालीसँगै यसले अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको आमसंचार डटकमले राजधानीसहित मोफसलका विभन्नि जिल्ला र विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददाता मार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
Views: 8705

प्रतिक्रिया (०)

सम्बन्धित खबर