Aamsanchar

राजनीति

काठमाडौँ,  प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् […]

आइतवार, फागुन २७, २०७४

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा […]

आइतवार, फागुन २७, २०७४

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ, पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ,  नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ,  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयो […]

शुक्रवार, फागुन २५, २०७४

काठमाडौँ,  चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका […]

शुक्रवार, फागुन २५, २०७४

रौतहट,  नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताउनुभएको छ । जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उहाँले भन्नुभयो, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर […]

शुक्रवार, फागुन २५, २०७४

काठमाडौँ,  नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताउनुभएको छ । नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई […]

बिहिवार, फागुन २४, २०७४