
भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ । मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सरकारमा जाने दलकै विदेश […]
दमक, नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र समग्र एकता गर्न आवश्यक भएको औँल्याएका छन् । जनआन्दोलन दिवसका अवसरमा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयमा आज आयोजना गरेको नगर सम्मेलनका क्रममा सहभागी नेताले अबको पाँच वर्षभित्र कांग्रेसभित्र दर्बिलो […]
बुटवल, नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताउनुभएको छ । उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने […]
मोरङ, संधीय संसदका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ । यहाँस्थित उर्लाबारी नगरकार्यपालिकाले आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले देशको आर्थिक […]
नयाँदिल्ली, भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा बेग्लाबेग्लै भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको […]
काठमाडौँ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिनुभएको छ । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास […]
काठमाडौँ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको बताउनुभएको छ । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा […]
काठमाडौँ, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले पार्टीका सांसदबाट रु दश हजारका दरले मासिक लेबी […]