
अर्जुनधारा। कुष्ठरोग पत्ता लगाउने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय चर्म रोग शिविर सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकी खुदुनावारीमा आयोजित शिविरमा बिर्तामोडस्थित मनमोहन अस्पतालका चर्मरोग विशेषज्ञ डा. सुधिर गिरी र प्राथमिक […]
अर्जुनधारा। झापाको अर्जुनधारा–७मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद् आइतबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं।१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हेमप्रसाद […]
अमित खम्बू/ अर्जुनधारा। गुरुकुलीय पठनपाठन अनुसार बटुक अर्थात् विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्ने उद्धेश्य विपरीत उनीहरुलाई विभिन्न किसिमको र्दुव्यवहारसँगै शिक्षा लिनबाट वञ्चित गरिएको पाइएको छ । झापाको अर्जुनधारा–९मा रहेको भगवद् भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयका […]
सुरुङ्गा, मन्टेशरी एसोसिएसनझापाको आयोजनामा सुरुङ्गामाजिल्ला स्तरीय हाजिरी जवाफप्रतियोगिता सम्पन्नभएको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमाभएको प्रतियोगितामा १५ वटा मन्टेशरी विद्यालयका ४५ जना नानीबाबुहरुको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाकाशिक्षा, युवातथा खेलकुदशाखाकाप्रमुखउपसचिवपीताम्बर गौतमले प्रतियोगिताको उद्घाटन […]
बिर्तामोड । सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले शनिबार आयोजित एक कार्यक्रमकाबीच २० लख ५० हजार रुपैयाँ आफ्ना शेयर सदस्यलाई बितरण गरेको छ । आफ्ना शेयर सदस्यको मृत्युपछि दिइने ‘परिवार राहत कार्यक्रम’ अन्र्तरगत नौ लाख […]
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ४६ प्रहरीलाई कारवाही गरेको जनाइको छ । प्रहरीले आचरण विपरित कार्य गर्ने प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार १० र प्रहरी […]
पार्थ मण्डल/ भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १० स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको यात्रु बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय नवरप्रसाद संग्रौला रसोही स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् […]
बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न […]