
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालमा विद्यालयले छनौट गरेका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बिहिबार जनता माविमै आयोजित एक […]
रुपन्देही, यो आर्थिक वर्षमा रुपन्देहीमा एक सय २३ जना महिला घरेलु हिंसामा परेका छन् । यो आवको भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यो […]
प्रकाश धौलाकोटी / तेह्रथुम, परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् […]
काठमाडौंँ काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो […]
उर्लाबारी, मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी […]
पूर्णबहादुर कटुवाल / दुर्गापुर। बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ । सोही विद्यालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम […]
लहान, सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गर्नुभयो । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा […]
बागलुङ, ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको […]
वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् […]