
परासी, पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले […]
घोराही, दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा […]
गलेश्वर, म्याग्दीको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु […]
धनुषा, यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताउनुभयो । […]
हुम्ला, नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि […]
हेटौँडा, पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ । आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको […]
धनगढी, धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस […]
रुकुम, रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट […]
खजुरा, बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको […]
म्याग्दी, बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका […]