
खजुरा, बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको […]
म्याग्दी, बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका […]
गलेश्वर, विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ । मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक […]
मङ्गलवारे, फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविमा स्थानीय समाजसेवीले तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय शिक्षक हरिप्रसाद श्रेष्ठको नाममा उहाँकी धर्मपत्नी गीता प्रधानले एक लाख तथा स्वर्गीय हजुरबुबा मित्रलाल खनालको नाममा नाती हरिप्रसाद खनाल […]
गलेश्वर, म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीऊ वितरण शुरु गरेको छ । म्याग्दीमा खाद्यान्न बालीमा दोस्रो स्थान ओगट्दै आएको गहुँ खेतीमा गाउँपालिका भित्रका किसानलाई आकर्षित गर्न गौतम जातको उन्नत बीउ वितरण शुरु […]
बझाड, बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरू […]
दमौली, एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ । व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० […]
घोराही, बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ । पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ का स्थानीयले बिहिबार सामुहिक रुपमा गाई र गोरुको पूजा गरेका छन् । गौ माताको संरक्षण गर्दै गत वर्षबाट बिर्तामोड स्थित बालाजी टोल विकास संस्थाले सामुहिक रुपमा गाईपूजा गर्दै आएको हो […]