
उदयपुर, एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो […]
खोटाङ, अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको […]
बाजुरा, भालुको आक्रमणमा परी घाइते भएकी बाजुरा बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडालाई जिल्ला वन कार्यालय बाजुराले आज आर्थिक सहयोग गरेको छ । घर नजिकै रहेको वनमा घाँस काट्न गएका बेला गत मंसिर २५ गते भालुले […]
बागलुङ, यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार १९ किलो निर्यात भएको हो […]
झापा, झापाको बिर्तामोड–भद्रपुर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको आइतबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ निवासी लोकबहादुर श्रेष्ठका ७ वर्षीय छोरा अभिषेक श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]
सुरुङ्गा। झापाको कनकाई नगरपालिका–१ का दुई सडकको स्तरोन्नती गरिएको छ । कनकाई नगरपालिका–१ टीकाराम खड्काको घरपश्चिम वडा नं. २ स्थित सुरुङ्गा पुल जोड्ने पञ्चायत मार्गको स्तरोन्नति गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट गाविस […]
झापा, जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल , सञ्चारकर्मी, […]
मोरङ, भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । […]
मोरङ, मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा […]