
गौरादह, झापाको गौरादहमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर–१ डिपुचोक नजिकै मे ३ ख ७४८४ नम्बरको ट्रिपरले मे ४ प १४७४ नम्बरको मोटर साईकललाई ठक्कर दिदाँ २ जनाको […]
काठमाडौँ, निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको […]
पाल्पा, निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ । वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो । शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको […]
पोखरा, बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले […]
मोरङ, बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको […]
काठमाडौं । लगातारको वर्षाका कारण रोल्पा र कैलालीमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ । मनसुन सक्रिय हुँदा आइतबार रातिदेखि देशैभर लगातार वर्षा भइरहेको छ । यसैक्रममा रोल्पाको रुन्टीगढी–५ सैवाङ गाउँमा घर भत्किँदा ३ […]
रुकुम, रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट […]
लहान, लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ […]
नगरकोट, भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो […]