Aamsanchar

राजनीति

पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक […]

बुधवार, माघ २३, २०७५

काठमाडौँ,  वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका […]

मङ्गलवार, माघ २२, २०७५

अशोक घिमिरे / काठमाडौँ, नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) र ओमन यसअघि भएका श्रम समझदारीपत्रमा व्यापक सुधारसहित श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न सहमत भएका छन् […]

मङ्गलवार, माघ २२, २०७५

काठमाडौँ, प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]

मङ्गलवार, माघ २२, २०७५

काठमाडौँ,  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना विज्ञप्तिमार्फत तामाङ समुदायको सोनाम ल्होछार र शेर्पालगायत हिमाली समुदायको ग्याल्बो ल्होछारको अवसरमा सम्पूर्ण ल्होछारप्रेमी […]

मङ्गलवार, माघ २२, २०७५

काठमाडौं । दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। पूर्व राजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ। नितान्त व्यक्तगित भ्रमण भन्दै मध्य तराई र पूर्वी तराइको भ्रमणमा […]

मङ्गलवार, माघ २२, २०७५

काभ्रेपलाञ्चोक,  गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा  बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन […]

सोमवार, माघ २१, २०७५

बैतडी, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले […]

सोमवार, माघ २१, २०७५

विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताउनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको […]

आइतवार, माघ २०, २०७५