Aamsanchar

राजनीति

अर्जुनधारा। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अञ्चल, जिल्ला, क्षेत्र र नगरतहका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेस गरेका छन् । नेपाली कांग्रेस झापाद्वारा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।कांग्रेसमा […]

सोमवार, भदौ २६, २०७४

वीरगन्ज । उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन […]

आइतवार, भदौ २५, २०७४

नुवाकोट । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ । काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा […]

आइतवार, भदौ २५, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित हुनुभएको छ । आज यहाँ बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ । व्यवस्थापिका–संसद्मा यस पार्टीका १८ सांसद छन् । मुलुकमा […]

आइतवार, भदौ २५, २०७४

खोटाङ, खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिका र खानीडाँडा विमानस्थल जोड्ने सडक निर्माण सुरु गरेको छ । दिप्रुङ गाउँपालिका–१ याम्खा र रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक निर्माण सुरु गरिएको हो । सडक […]

आइतवार, भदौ २५, २०७४

सोलुखुम्बु। यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको […]

आइतवार, भदौ २५, २०७४

काठमाडौँ। उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले […]

आइतवार, भदौ २५, २०७४

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि […]

आइतवार, भदौ २५, २०७४

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय समितिले पूर्व केन्द्रीय सदस्य एवं पूर्व सहायकमन्त्री प्रतापराम लोहारको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यालय आज एक दिन बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा […]

आइतवार, भदौ २५, २०७४

गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी […]

शनिवार, भदौ २४, २०७४