खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा हुने पक्की पुल […]
काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित तथा मौखिक परीक्षामा अनियमितता तथा धाँधली […]
बैतडीः जिल्लाको उत्तरपूर्वी भूमिराज गाविसमा रहेको भूमिराज मावि कफलढुंग्राका छात्राहरुमा अनौठो रोग देखिएपछि पठनपाठन प्रभावित भएको छ । छात्राहरुमा रुने, कराउने, हातखुट्टा बाउडिने, सुन्निने र बेहोस हुने लक्षण देखिएको विद्यालयका शिक्षक बिजयराज अवस्थीले बताए । […]
इटहरीः सुनसरीको दुहबी ४ को एक फर्म उद्योगमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय हनुमन्त पपलिन उद्योगमा आगलागी भएको हो । आगलागीमा परेर उद्योगको कच्चा पदार्थ तथा निर्मित सामाग्री नष्ट भएका छन् । ग्याँस […]
पथरी । विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गर्नुभएको हो । पुल निर्माण भएपछि बैजनाथपुर, […]
काठमाडौँ । आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ । गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु […]
झापा । गिट्टी बोकेका ट्याक्टर दुर्घटना हुँदा आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केचना–१ का ३२ वर्षीय रुपलाल माझी रहेका छन् । लक्ष्मीपुर घेराबारी सडकखण्डअन्तर्गत गिट्टी बोकेर केचनातर्फ जाँदै गरेको मे१त […]
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव […]
सिड्नी । बहुप्रतिक्षित नेपाल फेस्टिवल २०१६ सिड्नीको मुटु डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरे। महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएको […]
काठमाडौँ। लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२÷०७३ मा […]