
वीरगन्ज – पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर- १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विषयगत शिक्षक नहुँदा पठनपाठन नै प्रभावित भएको भन्दै विद्यार्थीहरूले बिहीबार विद्यालयमा तालान्दी गर्दै आन्दोलन सुरु गरेका हुन् । […]
विराटनगर – मोरङमा बिहीबार बिहान मानव कंकाल फेला परेको छ । टाउको, खुट्टा,हातलगायतका मानव अंग छरपस्ट अवस्थामा बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बूढीगंगा गाउँपालिका–५ स्थित […]
रौतहट –रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ। चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को […]
काठमाडौं – दैलेखमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१३, खडिका धाराका ४३ वर्षीय भुवनसिंह विक छन् । उनीमाथि छिमेकी सोही ठाउँका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोप छ […]
खोटाङ- खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो । बुधबार राती ८ः१५ बजेको समयमा घरमा आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी […]
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार […]
गाईघाट-उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्ने गरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ, सुनकोसीलगायतका जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की […]
काठमाडौं – काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको हो। ललितपुरको कुपण्डोलस्थित […]
काठमाडौं – कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी […]