Aamsanchar

फोटो क्याप्सन

झापाको शिवसताक्षी नगरपालिकाको मुख्य बजार दुधे शिवगंज सडकमा सजाईएको गमला । स्थानिय सरकार गठन पछि दुधे बजारको स्वरुप फेरिन थालेको छ ।

सोमवार, मंसिर १६, २०७६

 झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगंजबजार चोकमा निर्माण गरिएको धरहरा । २०७२ सालको भूकम्पले काठमाणडौंको धरहरा लडाएपछि ऐतिहाशिक धरहराको सम्झनामा यो मिनी धरहरा बनाईएको हो ।

सोमवार, मंसिर १६, २०७६

जंगलको बिनास र रहेको वनलाई स्थानियले संरक्षणको नाममा ठुलारुख राखेर सानारुख सखाव बनाउने गरेकाले गाउँ सरहका विपन्न वर्गले खाना पकाउने दाउरा जंगलमा भेटन गारों पर्ने भएपछि  विकल्पमा गोबर र सण्ढी द्वारा निर्माण गरिएको ईन्धन । […]

शनिवार, मंसिर १४, २०७६

बाला चतुर्दशीको पूर्व सन्ध्यामा अर्जुनधारा जलेश्रधाममा देखिएको जाग्रम बसेका भक्तजन, पृष्टभूमीमा मुख्य शिव मन्दिर । भोली सतबिज छर्नका लागि आजबाट हजारौं भक्तजन अर्जुनधारा आईपुगेका छन ।

आइतवार, मंसिर ८, २०७६

झापाको दक्षिणी भेग गौरीगंज गाउँपालिका वडा नम्बर २ रंगीयाथानमा बर्षाको समयमा नदी कटान रोक्न लगाईएको बासेबार । यस क्षेत्रमा माईखोला नियन्त्रका लागि दिगो तटबन्धन नहुँदा बर्षेनी धेरै धनजनको क्षती हुने गरेको छ ।

आइतवार, मंसिर ८, २०७६

पूर्वको पशुपतिनाथले प्रशिद्धि कमाएको झापाको अर्जुनधारा जलेश्रधाम परिसर । बाला चर्तुदशीको अवसरमा आयोजना भएको धार्मिक अनुश्ठान बामन पुराण र चर्तुदशी मेलालाई लक्षित गरेर अहिले अर्जुनधारा धामपरिसर सजिसज्जा गरिएको छ । हरेक बर्ष बालाचर्तुदशीमा लाखौं भक्तजन […]

बिहिवार, मंसिर ५, २०७६

रातको समयमा चन्द्रगढी विमान स्थलको धावन मार्ग निर्माण कार्य हुदै । दश दिनको लागि सबै हवाई उडान स्थगत गरेर १० करोडको लागतमा निर्माण सुरु गरिएको थियो । आज ९ दिनमा आईसक्दा विहान ७ बजेदेखि राती […]

बुधवार, मंसिर ४, २०७६

किरात धर्मगुरु फाल्गुनन्दको स्वरुप मानिएका किरात धर्मकाका संरक्षक, शान्तिका प्रतिक विश्व ब्रहमाण्ड मानव चराचर जगतमा बिराजमान गुरु महिङगुम अङसिमाङ आत्मनन्द लिङदेन सेइङलाई माला द्वारा सम्मान गर्दै अर्जुनधारा जलेश्रधामका अध्यक्ष नविनकुमार गट्टानी । धामको ३७ औं […]

सोमवार, मंसिर २, २०७६

र्जुनधारा जलेश्वरधाममा निर्माण गरिएको कलात्मक पण्डाल । धामको ३७ औं स्थापना दिवसको अवसरमा बालाचर्तुदशीको दिन समापन हुने गरि आयोजना गरिएको बामन महापुराणको लागि यो पण्डाल तयार पारिएको हो ।

सोमवार, मंसिर २, २०७६

मोरङको पथरी बजारमा स्थानिय उत्पादन साग सब्जी फलफूल सार्वजनिक यातायातका यात्रीलाई बिक्री गर्न तल्लिन कृषकहरु । यस ठाउँमा दैनिक २० भन्दा धेरैले यसरी सुलभ मुल्यमा व्यापार गर्ने गर्छन ।   

आइतवार, मंसिर १, २०७६