Aamsanchar

स्थानीय

जनकपुरधाम,  जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका […]

बुधवार, पौष १८, २०७५

भोजपुर, भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख […]

बुधवार, पौष १८, २०७५

बाँके, कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको […]

बुधवार, पौष १८, २०७५

बैतडी,  दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन् । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका […]

बुधवार, पौष १८, २०७५

पोखरा, अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण […]

बुधवार, पौष १८, २०७५

यज्ञराज आङदेम्बे / दमक, पुरुषको वर्चश्व रहेको लेखापढी काममा महिलाहरुको संलग्नता दिनानुदिन बढ्न थालेको छ ।  दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । प्रायः पुरुष […]

बुधवार, पौष १८, २०७५

प्रकाश उप्रेती / बिर्तामोड । असहाय विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा आयोजित ‘बिर्तामोड महोत्सव २०७५’ मा उत्कृष्ट खेल–तमासाले दैनिक रुपमा आगन्तुकको भीड बढेकोे छ । संयुक्त युवा परिवार झापाले पुष १३ देखि २५ […]

मङ्गलवार, पौष १७, २०७५

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने […]

मङ्गलवार, पौष १७, २०७५

काठमाडौँ, नेपाल पत्रकार महासङ्घले सन् २०१८ पनि नेपाली प्रेस जगत्का लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । […]

मङ्गलवार, पौष १७, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा स्थानीय शंकर रेग्मीको खेतमा गाडिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । […]

मङ्गलवार, पौष १७, २०७५