Aamsanchar

स्थानीय

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको […]

आइतवार, कार्तिक १८, २०७५

काठमाडौँ,  वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले […]

आइतवार, कार्तिक १८, २०७५

भक्तपुर, नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो […]

आइतवार, कार्तिक १८, २०७५

धनगढी,  दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा […]

आइतवार, कार्तिक १८, २०७५

रसुवा,  रसुवागढी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँका बासिन्दालाई मोटर यातायातको सुविधा दिन सडक निर्माण गरिएको छ । जलविद्युत आयोजना टिमुरेका वातावरणविद् तथा जनसम्पर्क प्रमुख तेज साउदका अनुसार रोङ्गादेखि थुमनसम्म १३ किमी सडक निर्माण अन्तिम […]

आइतवार, कार्तिक १८, २०७५

म्याग्दी,  म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर सार्वजनिक सेवा लिनबाट बञ्चित भएका गुर्जावासीलाई लक्षित […]

आइतवार, कार्तिक १८, २०७५

बर्दिया, बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित […]

शनिवार, कार्तिक १७, २०७५

समुन्द्रा घिमिरे / लमजुङ, मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको थियो । ‘‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट […]

शनिवार, कार्तिक १७, २०७५

गोरखा, किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् । जिल्लाको शहीद लखन गाउँपालिका–३ […]

शनिवार, कार्तिक १७, २०७५

पशुपतिनगर, इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै […]

शनिवार, कार्तिक १७, २०७५