
धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले […]
विराटनगर, बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आज पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको रु दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि […]
काठमाडौँ, नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो । ब्युरोले पक्राउ गरेका क्षेत्रीको […]
तनहुँ, सुरौदी खोलाले बगाउँदा तनहुँमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ बस्ने ४० वर्षीय डम्बरबहादुर राना रहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । माछा मार्न गएका बेला […]
पर्वत, फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा […]
हेटौँडा, हेटौँडाबाट स्थानीय हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नंको टिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक […]
विराटनगर, जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ […]
भद्रपुर, राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान […]
तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिदाको दिन घुम्न आएका […]