
झापा। झापाको मेचीनगर नगरपालिका १० स्थित ओम शिब सेलर राईस मिलमा करेण्ट लागेर आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारत किसनगंज भई हाल सोही मिलमा काम गर्दै आई रहेका ४० बर्षिय सोम हस्ताको […]
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो […]
तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ । दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स प्राप्त भएपछि सेवा सुचारु […]
धनगढी । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
गौरीगञ्ज, १४ भदौ । साउन अन्तिम साताको बाढीमा परी घरवारविहीन बनेका झापाका पीडित परिवारलाई प्रेस चौतारी झापाले राहत प्रदान गरेको छ । प्रेस चौतारी झापाले बाढी पीडितहरुलाई सहयोग गर्न संकलन गरेको ६७ हजार २ सय […]
इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७२५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ । संस्थाले केही दिन अगाडि आएको विनाशकारी बाढीबाट पीडित भएकालाई लक्षित गर्दै १५ दिन खान पुग्ने राहत वितरण […]
झापा। बाह्रदशी गाउँपालिका वडा नं. १, २ र ३ का बाढी पीडितहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा झापाको अर्जुनधारा–६ मा स्थापित नारी कल्याण समाजको व्यवस्थापनमा […]
इटहरी। पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ । बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आउनुभएकी […]
अर्जुनधारा। नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले गत आर्थिक वर्ष २०७३÷०७४मा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको छ । समितिकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको विशेष आतिथ्यमा भएको कार्यक्रममा स्वागत […]