Aamsanchar

बुहारीलाई सासुससुराले छोरीसरह घरबाटै अन्माए

Author Image
शुक्रवार, कार्तिक १, २०७६


केराबारी । मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलादमी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीबार विवाह गरिदिएका हुन ।

सुनिता र पुण्यप्रसादबिच २०६५ सालमा विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । पोख्रेल केराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् । माईतमा बसेर शिक्षण गर्दै आएकी उनको छोरी अहिले १३ वर्षकी भएकी छिन् । आफ्नो एकल बुहारीलाई कुवेर प्रसादले आफ्नो रितीरिवाज विवाह गरी विदाई गरेपछि पोख्रेल परिवार मात्र होइन, छरछिमेक पनि खुशी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर