![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2022/09/portugal.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा पोर्चुगल विजयी भएको छ । उ लिग अन्तर्गत समूह दुईको खेलमा घरेलु टोली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएको हो ।
सिनोबो स्टेडियममा पार्चुगललाई फराकिलो जित दिलाउन डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एकर एक गोल गरे ।
खेलको २३ औं मिनेटमा डालोटको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा फर्नान्डेसले टोलीको अग्रता दोब्बर बनाए ।
थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।
५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि बढ्यो । ८२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।
जितसँगै पाँच खेलमा १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।