Aamsanchar

झापाका सतप्रतिशत वालवालिकालाई विद्यालय भर्ना गराइने

Author Image
बिहिवार, वैशाख २, २०७३

(सुरेन्द्र भण्डारी) बिर्तामोड,चैत ३० । बिद्यालय जाने उमेर समूहका सबै वालवालिकालाई विद्यालय भर्ना गराउन जिल्ला शिक्षा कार्यालय झापाले यस वर्ष विशेष अभियान शुरु गर्ने भएको छ । झापामा अझैंपनि सत प्रतिशत विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय भर्ना हुन नसकेपछि निजी विद्यालयलाई समेत ‘चाइल्ड ट्रयाकिङ्ग’को अबधारणा अघि सार्दै यहाँका सत प्रतिशत वालवासलकालाई शिक्षाको पहुँचमा ल्याउने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । विद्यार्थी भर्ना अभियानलाईलाई सफल बनाउन झापाका १७ वटै श्रोत केन्द्रका श्रोत व्यक्तिलाई आफ्नो केन्द्रभित्र पर्ने सबै विद्यालयका प्रधानाध्यापकलाई आफ्ना विद्यालयको आसपासमा रहेका वालवालिकाको तथ्याङ्क संकलन गर्दै विद्यालय नजाने वालवालिकालाई विद्यालयमा भर्ना गराउन निर्देशन दिइने जिशिअ लुइँटेलले बताउनुभयो । विद्यार्थी भर्ना अभियान शुरु हुनु अगावै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई आज बिर्तामोडमा सम्वोधन गर्दै जिल्ला शिक्षा अधिकारी लुइँटेलले विद्यार्थीमा ट्याग नलागेका कारण विद्यालय जाने उमेर समूहका धेरै वालवालिका विद्यालय वाहिर रहेको जस्तो देखिएपनि झापामा त्यस्तो अवस्था भने नरहेको बताउनुभयो । जिशिअ लुइँटेलले झापामा निजी विद्यालयको संख्या चारसय माथि रहेपनि धेरै विद्यालयले ‘चाइल्ड ट्रयाकिङ्ग’ फारम नभरेका कारण तथ्याङ्क सही आउन नसकेको बताउनुभयो । उहाँले ‘चाइल्ड ट्रयाकिङ्ग’ फारम भर्ने नीजि विद्यालयको संख्या झापामा १८७ मात्र रहेको र अन्य विद्यालयले ‘चाइल्ड ट्रयाकिङ्ग’ फरम नभर्दा धेरै विद्यार्थी विद्यालय भर्ना अभियानबाट टाढा रहेको जस्तो मात्रै देखिने गरेको बताउनुभयो । शैक्षिक सत्रको पूर्व सन्ध्यामा अनेरास्ववीयूले शुरु गरेको अभियान सान्र्दभिक रहेको बताउदै जिशिअ लुइँटेलले ‘चाइल्ड ट्रयाकिङ्ग’ फरम नभर्ने निजी विद्यालयको दर्ता समेत यो वर्षबाट खारेजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो– यो वर्ष विद्यार्थी भर्ना अभियानलाई सबैभन्दा फरक तरिकाले सञ्चालन गर्छौ र शत प्रतिशत वालवालिकालाई विद्यालय भर्ना गराउँछौं अनि ‘चाइल्ड ट्रयाकिङ्ग’ फारम भर्न अटेर गर्ने विद्यालयलाई कारवाही पनि गछौं । सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकलाई ‘चाइल्ड ट्रयाकिङ्ग’फारम भर्न सिकाएको र अझैंपनि केही प्रधानाध्यापकले ‘चाइल्ड ट्रयाकिङ्ग’फारम भर्न नजानेका कारण समस्या रहेकाले सबैलाई पुनः तालिमको व्यवस्था गरिएकाले पनि यो वर्षबाट त्यस्तो नहुँने उहाँको धारणा थियो । अनेरास्ववीयू मेचीले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियानलाई सम्वोधन गर्दै नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले एक्लो प्रयासबाट मात्र यो अभियान सफल नहुनेहुँदा सबैलाई यो अभियानमा सहयोग पु¥याइदिन आग्रह गर्नुभयो । त्यस्तै पूर्व विद्यार्थी नेत असारु राजवंशी,वशन्त वानिया, टीकाराम मग्रान्ती, अनेरास्ववीयूका केन्द्रीय सदस्य रवीन्द्र सुवेदी, अभियान संयोजक तुलशी मैनाली , नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नवीन ढुङ्गानाले जिल्लाको शैक्षिक स्थितिको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय झापाकी उप सचिव उद्दव विष्ठ, विद्यालय निरीक्षक जानुका गुरागाई, नेकपा एमालेका डम्वर गिरी, घनश्याम अधिकारी, आदिको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर