Aamsanchar

धाइजनमा राष्ट्रिय पुरुष भलिबल सुरु

Author Image
बिहिवार, वैशाख २, २०७३

IMG_7153 [50%]
धाइजन , बैशाख २ ।झापाको धाइजनमा बिहीबार बाट तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
भलिवल प्रतियोगिता अन्तर्गत पहिलो दिन पुलिस र पश्चिमाञ्चल भलिवल संघले विजयी शुरुवात गरेको छ ।
नेपाल प्रहरी र ढोरपाटन भलिवल संघबीचको पहिलो खेलमा सोझो सेटमा प्रहरीले ढोरपाटनलाई पराजीत गरेको हो ।
पहिलो खेलमा २५–१८, २५–१९ र २५–१० अंक ल्याएर विजयी भएको हो । उक्त खेलमा म्यान अफ दि म्याच नेपाल प्रहरीका कुलबहादुर थापा घोषित भए ।
पश्चिमाञ्चल भलिवल संघ र मध्यमाञ्चलबीचको दोस्रो खेलमा सोझो सेटमा पश्चिमाञ्चल भलिवल संघ विजयी बन्यो । उसले २५–१९, २५–२१ र २५–१७ अंक ल्याएर मध्यमाञ्चल भलिवल संघलाई पराजीत गयो । खेलको म्यान अफ दि म्याच पश्चिमाञ्चल भलिवल संघका दिपेन श्रेष्ठले पाए ।
मोफसलमा पहिलो तथा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३ लाख १५ हजार तथा शिल्ड ट्रफि, प्रमाणपत्र प्राप्त गर्नेछन् ।दोश्रो पुरस्कार नगद १ लाख ७५ हजार रहेको छ ।
तेश्रो पुरस्कार १ लाख १० हजार रहेको छ । शुक्रबार ६ वटा खेल खेलाइने छ । जसमा नेपाल प्रहरी र जाउलाखेलबीच पहिलो खेल, पश्चिमाञ्चल र पूर्वाञ्चल भलिवलबीच दोश्रो खेल हुनेछ । त्यसैगरी ढोरपाटन र सशस्त्रबीच तेश्रो खेल, मध्यमाञ्चल र त्रिभूवन आर्मी क्लबबीच चौथो खेल, जाउलाखेल र सशस्त्रबीच पाचौ खेल र पूर्वाञ्चल र त्रिभूवन आर्मी क्लबबीच छैठौ खेल हुने अन्तराष्टिय रेफ्रि गौतम श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर