Aamsanchar

कान्छी ल्याउने इन्सपेक्टरलाई मुद्दा

Author Image
शनिवार, वैशाख ४, २०७३

ओखलढुंगा, वैशाख ४ – कान्छी श्रीमती ल्याउने प्रहरी निरीक्षक चन्द्रबहादुर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा बहुविवाह मुद्दा दर्ता भएको छ । 

सिन्धुली स्थायी ठेगाना भई विपत व्यवस्थापन महाशाखा कार्यदल काठमाडौंमा कार्यरत थापाले आफूलाई विवाह गरि अलपत्र पारेर सिद्धिचरण नगरपालिका–३ ओखलढुंगाकी मेनुका सुवेदीसँग दोश्रो विवाह गरेको भन्दै जेठी पत्नि इन्दिरा निरौलाले एक वर्ष अघि नै उजुरी गर्नुभएको थियो । यसअघि प्रहरीले जाहेरी दर्ता नगरेपछि सर्वोच्चको आदेशपछि अहिले उजुरी दर्ता भएको हो । 

जेठी पत्नी इन्दिरा निरौलाको जाहेरी दर्तापछि वैशाख १ गते म्याद थप गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले बताउनुभयो । एक वर्षअघि नै जाहेरी आएपनि प्रहरीले दर्ता नगरेपछि पीडित इन्दिराले अदालतको आदेशपछि दर्ता भएको बताउनुभयो । 

जाहेरी दर्तापछि आरोपित चन्द्रबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ । अपराध गर्ने जो कोहिलाई पनि सजाय हुनुपर्ने शाहले बताउनुभयो । प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा उच्च प्रहरी अधिकृत विरुद्ध मुद्दा दर्ता भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर