Aamsanchar

नामिबियाविरुद्ध नेपालको सानदार जित

Author Image
शनिवार, वैशाख ४, २०७३

kkkkkk

काठमाडौँ, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ ।
कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको १९६ रनको विजयी लक्ष्य ४७.१ ओभरमा भेटायो । नेपालले ५ विकेट गुमाउँदै उसको लक्ष्यलाई पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रनको योगफल तयार गरेको थियो ।
नेपालको फिल्डमा शरद भेषवाकरले अर्धशतक बनाए । उनले ९९ बल खेल्दै ५० रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४० रन बनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)