Aamsanchar

युवा : समृद्ध राष्ट्र निर्माणको दायित्व

Author Image
शनिवार, वैशाख ४, २०७३

yekraj giri
[एकराज गिरी]
संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् । फिलिपिन्स र बंगलादेशले १५ देखी ३० वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्ष सम्मलाई युवा मानेका छ । यसैगरी दक्षिण अफ्रिकाले १५ देखि २९, जर्मनीले १४ देखि २६, भारतले १५ देखि ३५, चीनले १४ देखि २८ सम्मको उमेर समूहलाई युवा मानेका छन् ।
नेपालको सन्दर्भ अलिक फरक छ । नेपाली बृहद् शब्दकोषले १६देखि ४० बर्ष उमेरको तन्नेरीलाई युवा भनेकोछ । ‘जवानीले नछाडेको र बुढ्याईले नछोएको व्यक्ति, सबैभन्दा तन्नेरी पुस्ता या तन्नेरीहरुको समुदाय’– युवा हो भनी शब्दकोषले अथ्र्याएको छ । राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्षसम्मको समूहलाई युवा भनेको छ । यसरी हेर्दा नेपालमा यो समूहको जनसंख्या ३९ प्रतिशत रहेको छ ।
परिवार, समाज र राष्टकै राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्नका लागि महत्वपूर्ण योगदान गर्न सक्ने मानव जीवनको एउटा महत्वपूर्ण अवस्था नै युवा अवस्था भएको युवा अधिकारकर्मी तथा प्यूठानकी अग्रज पत्रकार धना गिरी बताउछिन् । युवा उमेरलाई परिभाषित गर्नको लागि केही आधारहरुलाई हामीले ध्यान दिएर हेर्न जरुरी छ । वैवाहिक अवस्थालाई हेर्ने हो भने नेपालमा औसत विवाह गर्ने पुरुष उमेर करिब २४ र महिला करिब २० वर्ष रहेको पाइन्छ र पहिलो बच्चा जन्माउादा आमाको उमेर १७ वर्ष हुने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने औसत युवाको उमेर भनेको १७ देखि २३ वर्षसम्म छ । युवाका लागि लागूऔषध दुव्र्यसन, एच.आई.भी. तथा एड्सको बारेमा चेतनशील बनाउनु पर्ने उमेर भनेको १६ देखि २२ वर्ष हो । आधारभूत शिक्षा पूरा गर्ने युवा उमेर २४ वर्ष हो । दश वर्षे सशस्त्र द्धन्द्धमा सक्रिय सहभागी हुनेको औसत उमेर १६ देखि २२ वर्ष रहेको देखिन्छ ।
औसतमा हेर्दा एक नेपाली युवाले ३० वर्षको उमेरमा आफ्नो पढाई सकेर कुनै रोजगारीको क्षेत्रमा लागेको अवस्था छ । यो केबल शैक्षिक आधारमा मात्र गरिएको समीक्षा हो । अझै पनि ठूलो प्रतिशतमा युवा आर्थिक अवस्थाको कारण एस.एल.सी. सम्मको अध्ययन गरेर आय आर्जनको बाटोमा लाग्न बाध्य छन् । सन् २०११ मा भएको राष्ट्रिय जनगणना अनुसार र सन् २०१२ मा युनिसेफले विश्वव्यापी रूपमा गरेको अध्ययनअनुसार यो वर्ष सन् २०१५ नेपालको इतिहासमै सबैभन्दा धेरै युवाहरूको जनसंख्या हुने वर्ष हो । एक अनुमानअनुसार यो वर्ष झन्डै ६ लाख नेपाली युवा नयाा जागिर खोज्दै श्रम बजारमा प्रवेश गर्नेछन् र तीमध्ये झन्डै साढे ५ लाख युवा यो वर्ष रोजगारीका लागी खाडी मुलुकमा होमिने सम्भावना छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनले रोजगारी, शिक्षा वा तालिम यी तीनै क्षेत्रहरूमा असंलग्न युवा जमातलाई अंग्रेजीमा निट भनेर परिभाषित गरेको छ । निट भन्नाले रोजगारीमा नअटाएको, शिक्षामा नरहेको र कुनै तालिम पनि नलिएर खाली बसेको युवाको अनुपात हो । जसलाई अन्तर्रा्ष्टि्रय श्रम संगठनले निरुत्साहित युवा भनेर पनि परिभाषित गरेको छ ।
दक्षिण एसियाली सन्दर्भमा हेर्ने हो भने सरदर निटको अनुपान १५ प्रतिशत देखिन्छ, केही अरबी र अफ्रिकन मुलुकहरूमा त्यो अनुपात ६० प्रतिशतसम्म छ । नेपालमा करिब १५ प्रतिशत युवाहरू कुनै पनि रोजगार, तालिम वा शिक्षामा नरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले बताउाछ । तर कुनै पनि रोजगारमा संलग्न नभएका हल्का मौसमी खेतीपातीमा आमाबुबालाई सघाउने युवालाई पनि अर्धरोजगारको परिभाषाभित्र हाल्ने हाम्रो प्रचलनमा त्यो अनुपात १५ प्रतिशतभन्दा धेरै माथि हुन पनि सक्छ ।
बजारकै अध्ययन गर्ने हो भने पनि कृषिभन्दा बाहेकको रोजगारीमा संलग्न युवामध्ये ८० प्रतिशत युवा (९० प्रतिशत महिला) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । श्रम ऐनबाट पर, उचित सेवासुविधाबाट लाभान्वित नभएका, सामाजिक सुरक्षाको ग्यारेन्टी नभएको अनौपचारिक क्षेत्रमा अधिकांश युवा रोजगारमा नहुनु अर्काे खतराको सूचक हो । आन्तरिक रोजगारीको चित्र सुखद पटक्कै छैन, तर बाह्य रोजगारी नदेखिएका पाटोहरू झन् डरलाग्दा छन् । सरकारी आाकडाअनुसार आर्थिक वर्ष २०५० र ०५१ सालमा ३ हजार ६ सय ५ जनाबाट औपचारिक रूपमा सुरुवात भएको वैदेशिक रोजगार आजको दिनसम्म आइपुग्दा रोजगारी पहिलो र अन्तिम विकल्पसांगै मूलप्रवाहको रूपमा परिणत भएको छ । सन् २०११ मा करिब ३ खर्ब रेमिट्यान्सको रूपमा भित्रिएको मुलुकमा सन् २०१४ को अन्तिममा करिब ५ खर्बको आकार ग्रहण गर्नुलाई केही खुसी र केही दु:खी हुादै स्वीकार गर्नुको विकल्प छैन ।
आठ वर्षअघि युवा र रोजगारीसम्बन्धी राष्ट्रिय कार्यक्रम उत्पादन गर्दा प्रत्येक दिन वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५०० को हाराहारी थियो र सपनाहरूको बीचमै अवसान भएर दुईवटा शव भित्रिने अनुमान गरिन्थ्यो, जुन संख्या हाल दैनिक करिब १० वटामा पुगेको छ । त्यसमा अंगभंग भएर, मानसिक रूपमा कमजोर भएर कति र्फकन्छन् र त्यसले उनीहरूको परिवार र भावी दिनलाई कसरी अप्ठेरो पार्छन् भन्ने लेखाजोखा रेमिट्यान्सको हिसाब–किताबमै रुमल्लिरहेकाहरूले कहिले देख्ने ?
गार्जियन पत्रिकाअनुसार कतारको रंगशाला निर्माणमा हालसम्म करिब ४ सयजना नेपालीहरूको ज्यान गइसकेको छ, र्फकनेमध्ये धेरैमा मृगौला लगायतका बिरामीहरू पाइएको छ । तर दु:खको कुरो के पनि हो भने अरबको भूमिमा कठोर श्रम गरेर नेपालको अर्थतन्त्रलाई डुब्नबाट जोगाइरहेका करिब ३० लाख युवालाई समेट्ने कुनै पनि प्रस्ट कार्यक्रम नदेखिएको युवाका अधिकारकर्मी तथा विष्लेषक ब्रबिमकुमारको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने हिसाबभित्रको तस्वीर हेर्दा १ प्रतिशतमात्र दक्ष र सीप भएका युवा हुन्छ, बााकी ७५ कुनै पनि सीप नभएका र २४ प्रतिशत अर्धसीप भएका हुन्छ, दु:खको सुरुवात यहीाबाट हुन्छ । नेपालमा भएको युवा जनसंख्याको उभारको निकास अहिले वैदेशिक रोजगार भइदिएको छ । नत्र श्रम बजारमा वार्षिक भित्रिने करिब ६ लाख युवा र विद्यमान शिक्षित, अर्ध्शिक्षित र अशिक्षित युवा बेरोजगारको चापले हुने विस्फोटलाई कसैले टार्न सक्ने थिएन । जसलाई पुष्टि गर्दै अर्थशास्त्री जस्टिल लिनले ’युवा विस्फोट : विकासशील देशहरूमा जनसांख्यिक लाभांश र जनसांख्यिक बम्ब’ शीर्षकको लेखमा लेखेका छन्, ‘व्यापक युवा जनसंख्या भएका विकासशील मुलुकहरूमा युवाले उचित अवसर, सम्मानित श्रम र सन्तोषजनक आय पाउन सक्ने अवस्था भएन भने युवा उभार जनसांख्यिक लाभांश होइन, जनसांख्यिक बम्बको रूपमा परिणत हुन्छ, जहाा असन्तुष्ट युवाशक्ति सामाजिक र राजनीतिक अस्थिरताको स्रोत र कारक दुबै बन्छन् ।’

हामी विश्वको त्यो भूखण्डमा छौं, जहाा आर्थिकरुपले अति विपन्न १ अर्ब मान्छेको बसोबास छ । त्यसमाथि नेपालको कुरो गर्दा थोरै अर्थ आर्जनका लागि ३ करोडभन्दा कम जनसंख्यामध्ये ६० लाख युवाहरु जस्तोसुकै भए पनि कामका लागि आफ्नो देश छाडेर बाहिर जान बाध्य छन् ।
बीबीसीका अनुसार नेपालबाट प्रत्येक दिन एक हजार देखि पन्ध्रसयसम्म युवा जनशक्ति कामको खोजीमा मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेको सरकारी तथ्याङकहरुले देखाउाछन् । खुला सीमाना पार गरी कति नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन । खाडी मुलुकहरुमा ‘थ्री डि’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौं युवाहरु संलग्न रहेका छन् । कतारमा गएको तीन वर्षमा कम्तीमा चार सयजना नेपालीहरुको ज्यान गएको विवरण सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता व्यक्त गरिएको छ ।
खास गरी घरेलु कामदारको रुपमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुले शारीरिक, मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको पनि शिकार बन्नु परेको छ । नेपाल छाडेर जान लागेका युवायुवतीहरु देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर चर्को गर्मीमा काम गर्न विदेश जानु परिरहेको बताउाछन् । तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिादैन ।

देशको अर्थतन्त्रमा सुधार गर्न, समाजलाई सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक परिवर्तन गर्ने योद्धा अर्थात युवा हाम्रो देशमा १ करोडभन्दा बढी भैसकेका छन् । यो उत्पादनशील स्रोत साधनलाई राज्यले व्यवस्थापन गर्न नसक्दा देशमा दिनदाहाडै चोरी, डकैती, कुटपिट, बलात्कार, हत्या, हिंसा र अराजक गतिविधि जस्ता थुप्रै विकृति बढ्दै गईरहेको पाइन्छ ।
स्वभावैले उर्जा, जोश, जाागर र शारीरिकरूपमा शक्तिशाली तथा जुझारू हुने भएकाले नेपालका राजनीतिक तथा सामाजिक आन्दोलनहरू युवाहरू कै अगुवाई तथा सक्रियतामा सफल भएका छन् । राज्य बाइसे र चौविसे हुनु भन्दा पहिलेका इतिहासबाटै र अंग्रेजहरूसागको लडाईमा होस् वा राज्य राज्यलाई एकीकरण गरेर एक ढिक्का बनाउने सवालमा होस् युवाले नै अगुवाई गरी सक्रियताका साथ सफल पारेका छन् । त्यस्तै गरेर प्रजातन्त्रका लागि लड्नेहरू होउन वा लोकतन्त्र र गणतन्त्रका लागि रगत बगाउनेहरू ती सबै युवा नै हुन । युवाले नै नेपालको इतिहासलाई बदलेका छन् । विश्वमा शाीन स्थापना गर्ने उत्कृष्ट शान्ति सेनाको रुपमा पनि नेपाली युवा कहलिएका छन् । त्यसक्रममा उनीहरु विश्वको कुना कुना पुगेका छन् । देशमा जति ठूला परिवर्तन भए तापनि युवाले त्यसको व्यवहारिक रूपमा महशुस गर्न पाएका छैनन् ।
राज्यका सबै खाले परिवर्तनमा युवाहरू हुादाहुादै पनि रोजगार होस् वा प्रतिनिधित्व पहिचान तथा स्वामित्व सबैबाट युवा नै बञ्चित छन् । नेतृत्व तहमा युवाहरूको उपस्थिति उत्साहजनक नहुादा आज यो अवस्था भोग्नु परेको छ ।
राजनीतिक अदुरदर्शीता र दलहरुले युवालाई प्रयोगका साधनमात्र बनाइरहेका कारण समस्या बढेको छ । जसका कारण मुलुक अति गरिब र अविकसित बनेको छ । मुलुकमा कृषि पर्यटन, जलस्रोत, उद्योग कलकारखाना जस्ता क्षेत्रमा युवा शक्तिलाई परिचालन गर्न सकिएको छैन । युवाहरूका लागि नीति तथा कार्यक्रम राम्रो नहुादा देशमा बढ्दै गइरहेको अराजकता जत्थाका कारण राष्ट्र झनपछि झन् कमजोर बन्दै गईरहेको छ । कतिपय अवस्थामा युवाका मुद्धा युवा राजनैतिक दलका भातृसंगठनले उठाए कतिपय अवस्थामा दातृनिकायले उठाए र हामीले तिनै मुद्धाहरुलाई नै आफ्नै मुद्धा ठानेर भ्रमित भईरह्यौं । कहिले काहीा राजनीतिक दलका कार्यक्रम र राजनीतिक आन्दोलनहरुमा सबैभन्दा अगाडी हामी नै उभियौं र कहिले काहीा दातृ निकायले बजाएको बासुारीमा बेताले नाच नाच्यौं र पछि विश्लेषण गर्यौं आगान टेढो रहेछ । अब युवा जाग्नु पर्छ,ढिला गर्नु हुन्न ।
युवा बेरोजगारहरुको संख्या व्याप्त हुनुले नेपालमा द्धन्द्ध समाधानमा अप्ठेरो भईरहेको छ । एच.आई.भी. र एड्स, लागु औषध दुव्र्यसनको समस्या सबैभन्दा बढि युवामा नै देखिएको छ । अबको लगानी युवामा नै बढि गर्नुपर्दछ भन्ने कुरामा धेरैको एउटै मत त छ तर वास्तवमा युवाका लागी प्रभावकारी कार्यक्रमहरु आउन सकेका छैनन् , आए पनि ती प्रभावकारी हुन सकेका छैनन् । युवा र युवाका मुद्धाहरुको सहि पहिचान भएन भने जस्तो सुकै कार्यक्रम ल्याए पनि त्यसले सही अर्थमा परिवर्तन ल्याउन सक्ने छैन ।
युवा भनेको किशोरवस्था माथिको सामाजिक आर्थिक सास्ंकृतिक जिम्मेवारी बोध गर्ने शुरुवात गर्दैको र शारिरिक रुपमा परिपक्वता हासिल गरेको अवस्था हो । यो अवस्थाको मानिसले हासिल गरेको उपलब्धि हाम्रा सामू छर्लङ्ग छ । हामी इतिहासलाई हेर्ने हो भने बेलायतको औद्योगिक क्रान्ति युवाले नै सफल पारे । यूरोपियन मुलुकको मजदुर आन्दोलनमा युवाको पनि ठूलो योगदान रहेको पाइन्छ । चीनमा कम्युनिस्ट आन्दोलन युवाले सफल पारेका हुन् । जातीय विभेद विरूद्ध होस् वा लैंगिक असमानताविरूद्ध होस्, मजदुर मुक्तिका लागि होस् वा विद्यार्थीको शिक्षाका सवालमा होस् जहाा कही युवाकै अगुवाईमा विभिन्न खाले आन्दोलनहरू सफल भएका छन् । त्यसैगरी बेइजिङमा १९१९ मे ४ को युवाकै आन्दोलनमा टेकेर सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । विश्वका महत्वपूर्ण घटना केलाएर हेर्दा हरेक मामिलामा युवा लागेमा मात्र समाज परिवर्तन सम्भव देखिन्छ ।
युवाको भूमिकाको मूल्यांकन गरेरै संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ म हरेक बर्ष अगष्ट १२ लाई अन्तर्रास्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसंगै औपचारिक रूपमा सन् २००० देखि अगष्ट १२ का दिन अन्तर्रास्ट्रिय युवा दिवस मनाउन शुरु गरियो । नेपालले २००४ देखि मात्र शुरु गरेको हो । यो औपचारिकतामा सीमित छ । यसलाई सार्थक बनाउनु अहिलेको आवश्यकता हो ।
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको राष्ट्रिय युवा नीतिमै उल्लेख छ । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरुदण्ड भएकोले युवाहरूको सर्वाड्डीण विकास गरी उनीहरूको क्षमता राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी भएको छ ।
युवाहरूको चौतर्फी विकास, राज्यको सबै अड्डमा उनीहरूको पहुाच पुर्याउने तथा आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा युवाको सहभागिता बढाउन सके मात्र युवाहरूले राष्ट्र निर्माण गर्न सक्छन् ।विदेशिएका र स्वदेशमैं रहेका सबै युवाहरूलाई बृहत् कार्ययोजना बनाएर स्वदेशमैं बस्ने वातावरण मिलाउन सबै सरोकारवालाहरू जुट्नुपर्ने बेला भएको छ । यो नै आजको आवश्यकता पनि हो । यो आवश्यकता पूरा भए मात्र सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना पूरा हुनेछ । राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा पनि राम्रो संग नचल्नु, बन्द हडताल तथा विद्युतको अभावजस्ता कारणले पनि रोजगारी सिर्जना हुन नसकेको ठानिन्छ।त्यसकालागि विद्यालय तह देखि नै सीपमूलक शिक्षाको व्यवस्था गरी श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
युवालाई देश विकास र सकारात्मक परिवर्तनमा लगाउने हो भने मात्र देशमा रहेको असमानता, अन्याय, अत्याचार, दमन, शोषण र थिचोमिचोलाई समाप्त गर्न सकिन्छ । अर्कोतर्फ यदि विदेश हिडेंका युवाहरुको लामो लस्करलाई अहिले नै उचित व्यवस्था गरेर रोक्न सकिएन भने यो देशको एउटा पुस्ता नै देशबाट लोप हुनेछ । त्यो अवस्थामा हामी संग विगतमा गरिएको गलत नीति र कार्यक्रमको लागी पछुटाउने शिवाय अन्य विकल्प बााकी रहने छैन । युवाले राष्ट्रलाई विर्सन हुादैन किनकि यतिबेला राजनीति र विचार जहाा भए पनि राष्ट्रलाई बचाउने अबको जिम्मा सम्पूर्ण नेपाली युवाहरूको कााधमा आएको छ । अब युवाले नसोंचे कसैले सोच्नेवाला छैनन् । त्यसैले अब राज्यलाई कस्तो बनाउने सबै कुरा युवाले नै सोच्ने र राष्ट्र बचाउने लडाईलाई सफल पार्न युवालाई राष्ट्रले आव्हान गरिरहेको छ ।
जनसंख्याको ठूलो हिस्सा युवाले नै ओगटेको छ । उर्जाशील उमेर हो यो । समाज र राष्ट्र परिवर्तन गर्न सक्ने ऊर्जा, जोस, जागर र शक्ति युवामै निहीत छ । मुलुकको बर्तमान अवस्थाले युवाको योगदान खोजेको छ । युवालाई स्वदेशमै योगदान गर्न सक्ने, युवाका पसिना स्वदेशमै सिञ्चित गर्ने वातावरण तयारीका लागि ठोस कदम चालिनुपर्छ । शिक्षा स्वास्थ्य, रोजगारीका प्रसस्त अवसर सिर्जना गनिनुपर्छ । कृषि उद्यम लगायत सबै क्षेत्रमा युवालाई लक्षित गरी विशेष लगानीका प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्छ । राजनीतिमा समेत उचित अवसर युवालाई दिनुपर्छ । ८० वर्षका नेता सम्मलाई युवा भन्ने संस्कार समाप्त गरेर युवाको प्रतिनिधित्व दलका तल्लो इकाइबाट माथिसम्मै र राज्यका निकायमा समेत सुनिश्चित गरिनुपर्छ । सो अनुसारको ठोस नीति बनाई गफमात्र गर्ने संस्कृति अन्त्य गरी व्यवहारमै लागू गर्नुपर्छ । त्यसो भो भने लस्कर लागेर विदेश जाने युवा यही चुनौतिलाई अवसरमा बदल्न अग्रसर हुनेछन् । त्यसका लागि जुनसुकै विचार, क्षेत्र, वर्ग, लिंग, जात, समुदाय, धर्मका युवा नेपाल र नेपालीको समृद्धि खातिर एक हुनुपर्छ । यसो हुादा मात्र नेपाली युवाको शक्ति देखिनेछ । समृद्ध राष्ट्र निर्माणका लागि युवा एकता आजको आवश्यकता हो । भूकम्प, मधेश आन्दोलन र नाकाबन्दीले कमजोर बनाएको नेपाली अर्थतन्त्रमा सुधार तथा पुन:निर्माणका लागि युवा परिचालन गर्नु आवश्यक छ । यो चुनौतिलाई युवा परिचालनका मध्यमबाट अवसरमा बदल्नुपर्छ अनि बन्छ राष्ट्र । अब पनि समृद्ध राष्ट्र निर्माणको अगुवाई युवाले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले कहिले गर्ने ? तसर्थ जुटौं र अघि बढौं हामी युवा ।
(गिरी नेपाल पत्रकार महासंघ झापाका सचिव हुन् ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 777

प्रतिक्रिया (०)

सम्बन्धित खबर