Aamsanchar

बिरामीलाई जनावर जस्तै बोक्ने अस्पताल

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

la/fdLnfO{ hgfj/ h:t} af]S5g M s'g} s'g} 7fFpsf] c:ktfndf la/fdLnfO{ hgfj/ af]s]h:tf] u5{g eGbf tkfO{ kTofpg'x'Gg xf]nf t/ o:t} x'G5 8f]6Lsf] lhNnf c:ktfndf . :6]r/ klg 5, lXjn r]o/ klg 5 . tl:a/ M v]d ad÷8f]6L /f;;,

डोटी, २१ वैशाख । कुनै अस्पतालमा बिरामीलाई पनि जनावर बोकेजस्तै बोकिन्छ भन्दा पत्याउन गाह्रो हुन्छ, तर यस्तै देख्न पाइन्छ डोटी जिल्ला अस्पतालमा ।

स्टे«चर पनि छ, ह्विलचेयर पनि छ तर बिरामीलाई आकस्मिक कक्षबाट दुईजना लागेर हातखुट्टा समाती लग्दै गर्दा आकस्मिक कक्षमा डयुटीमा रहेका स्वास्थ्यकर्मी रमिते बन्ने गर्दछन् । उनीहरुलाई यति पनि थाहा छैन, कुनै पनि बिरामीलाई ह्विल चेयर र स्टेचर किन चाहिन्छ भनेर ।

हिँड्न नसक्ने अवस्थामा पिठ्युूँमा बोकेर करिब ५० किलोमिटर टाढा डोटीको ग्रामीण भेक दहकालिकास्थान गाविसबाट उपचारका निम्ति ल्याइएकी बिरामी राजुदेवी कार्कीको हालत जिल्ला अस्पतालको परिसरमा देख्दा जो कोहीलाई स्तब्ध र सोच्न बाध्य बनाउँथ्यो ।

कुरा सोमबार करिब १.३० बजेतिरको हो, अस्पताल सुनसान अवस्थामा थियो, बिरामी डाक्टरलाई कुरेर प्रतिक्षालय र ल्याब भवनको बाहिर बसेका देखिन्थे । सबैको समस्या एउटै थियो, भिडियो एक्सरे गर्ने डाक्टर अस्पतालमा छैन भन्ने जानकारीसम्म नहुँदा उनीहरु डाक्टरलाई कुर्न बाध्य थिए । तर यता डाक्टर हुनुहुन्न भन्ने जानकारी दिने मान्छे अस्पतालमा थिएन । बिरामीलाई जनावर जस्तो बोकिने अस्पताललाई के थाहा कसको मनमा कति पीडा छ भनेर ।

जीवन मृत्युसँग सङ्घर्ष गर्दै गरेकी राजुदेवी कार्कीको हातबाट अस्पतालमा प्रशिक्षण अर्थात ओजेटी गर्ने एकजनाले रगत निकाल्दै गर्दाको दृश्य र के भएको छ ? भन्ने पत्रकारको प्रश्नको उत्तर पाउँदा जो कोहीलाई झस्काउने खालको थियो, जसको उत्तर थियो, ‘उहाँ बिरामी हुनुहुन्छ, के बिरामी थाहा छैन ।’

राजुदेवीका आफन्त भदाहा पर्ने योगेन्द्र विष्टले भने, उहाँलाई के भएको छ भन्नेसम्म पनि हामीलाई थाहा छैन । “बिहानै आएको, तर डाक्टरलाई भेट्टाएका छैनाँै । इमर्जेन्सीमा लगेका थियौँ, रगत तानेको छ, अर्को भवनमा लैजानुस् भने र यतातिर ल्यायौँ । हामीलाई थाहा नै थिएन, ह्विलचेयर छ भनेर कसैले पनि भनेन ।”

उहाँलाई यस्तो बिमार छ, यस्तो औषधि गर्नुपर्छ भन्नेसम्म मान्छे छैन, के गर्ने ?, योगेन्द्रले रासससंग दुखेसो पोखे । “फुपुको दिमागले पनि त्यति काम गरेको छैन, अहिलेसम्म बोल्नसमेत सक्नुभएको छैन । कसलाई गुहार्ने ?” उनले भने ।

उता जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (इन्चार्ज) डा अमित झाले बिरामीका हातखुट्टा समातेर बोेकेर लैजानु सामान्य भएको बताउनुभयो । साथै, उहाँले यस्ता सामान्य कुरा भइरहन्छन् भनेर आलटाल समेत गर्नुभयो । मेडिकलको सम्पूर्ण जवाफदेही र जिम्मेवारी भएको व्यक्तिले यस्तो कुरा बोल्दा कस्तो असर पर्छ भन्नेसमेत सोच्नुभएन डा अमितले ।

हिँड्न नसक्ने बिरामीलाई ह्विलचेयर र स्ट्रेचर चाहिन्छ भन्नेसम्मको अक्कल नराख्ने डा अमित जस्ताले गर्दा जिल्ला अस्पतालको हालत खस्किँदै गएको छ । बिरामीलाई हातखुट्टा समातेर लग्दै गरेको दृष्य हतारहतार क्यामेरामा कैद गरेर डा अमितलाई देखाएर पक्कै पनि अस्पतालको हरेक पक्षको सुधार होस् भन्ने चाहना लिएर गएका पत्रकारको सोचलाई अमितले एकैछिनमा निराशामा परिणत गरिदिनुभयो । उहाँले अस्पतालमा धेरै कुराको अभाव छ काम गर्न गाह्रो छ समेत भन्नुभयो, तर उपलब्ध स्ट्रेचर र ह्विलचियरको प्रयोग गराउन सक्नुभएन ।

जिल्ला अस्पतालका प्रशासकीय अधिकृत रीता भण्डारीले मेडिकलतिरको पूरै जिम्मा डा अमितलाई भएकाले उहाँले गरेको कामको जिम्मेवारीको भागी पनि उहाँ नै हुने प्रतिक्रिया दिनुभयो । साथै, भण्डारीले जिम्मेवार व्यक्तिले बिरामीलाई जनावरजस्तो बोकेको देख्दादेख्दै सामान्य नै हो भन्ने दिएको प्रतिक्रिया असामान्य भएको बताउनुभयो । डा अमितले इमर्जेन्सीमा बसेको स्वास्थ्यकर्मीलाई गएर भन्नुपर्ने ठाउँमा सामान्य भएको प्रतिक्रिया दिँदा आफू पनि आश्चर्यचकित भएको बताउनुभयो ।

भण्डारीले कुनै पनि व्यक्तिले संस्थागतरुपमा पाएको जिम्मालाई हावाको भरमा लिएर उडाउन खोज्छ र गैरजिम्मेवार बन्छ भने उ कारबाहीको भागिदार हुन्छ भन्दै यस विषयमा आफूले बुझ्ने र किन यस्तो भएको भनी डा अमितलाई सोधेर बताउने भन्नुभयो ।

डोटीका दूरदराजको ग्रामीण भेकबाट तीन चार दिनको पैदल यात्रा गरी उपचार सेवा लिन आउने बिरामीलाई यस्तो व्यवहारले उनीहरुको जीवनलाई धरापमा राखेको छ । ओजेटी गर्नेलाई पूरै जिम्मा दिएर आफ्नो फाँटै छोडी क्यान्टिनमा रमाउने जिल्ला अस्पताल डोटीका केही स्वास्थ्यकर्मीलाई मानव जीवनको महत्व र सकारात्मक सोचको पाठ सिकाउन जरुरी देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)