Aamsanchar

जाँतोले थिचेर श्रीमानको हत्या

Author Image
बिहिवार, वैशाख २३, २०७३

hatya-kanda
भैरहवा–रुपन्देहीमा एक महिलाले जाँतोले थिचेर श्रीमान्को हत्या गरेकी छन्। रुपन्देहीको पडसरी गाविस ८ कटैयाकी १९ वर्षीया अश्मिता थापाले आफ्नै श्रीमान २१ वर्षीय विजय थापाको जाँतोले थिचेर हत्या गरेकी हुन्।
सोमबार राति रक्सी चुरोट खाएर आफूमाथि दुव्र्यवहार तथा कुटपिट गरेपछि छतमै रहेको जाँतोले टाउकोमा हानेर लोग्नेको हत्या गरेको अनिताले प्रहरी सामु बयान दिएकी छन्। दिनहुँजसो रक्सी सेवन गरी आफूलाई कुटपिट तथा दुव्र्यवहार गर्ने श्रीमानले सोमबार पनि रक्सीले मातेर दुव्र्यवहार गरेपछि हत्याको योजना बनाएको उनले बताइन्।

विजय निदाएपछि साढे दुई बजे राति छतमा गहुँको बोरा च्यापेर राखेको जाँतोले टाउकोमा हानेर अश्मिताले बिजयको हत्या गरेकी हुन्। हत्या लगत्तै घटनालाई आत्महत्यातर्फ मोड्न श्रीमानको शवलाई एकतले घरको छतबाट खसालिदिएकी थिइन्। घरका अन्य सदस्य घरभित्र सुतेकाले हत्याका बारेमा कसैले थाहा नपाएको र अचेत अवस्थामा लडेका बिजयलाई अस्पताल लगीएपनि डाक्टरले मृत घोषणा गरेपछि प्रहरीले घटना आत्महत्या नभई हत्या हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाएको थियो ।

सामाजिक संजाल फेसबुकमार्फत चिनजान तथा मायापिरती गाँसेका विजय र अश्मिताको गत पुसमा विवाह भएको थियो। विवाह पश्चात दुवैको सम्बन्ध राम्रो नभएको र श्रीमानले दिनहुँ जसो रक्सी सेवन गरी कुटपिट गर्ने गरेकाले अस्मिताले हत्याको योजना बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर