Aamsanchar

झापामा राजाको चमत्कार

Author Image
आइतवार, वैशाख २६, २०७३

 

बिर्तामोड। १३८ वटा पेन्सिल मुखमा राखेर विश्व रेकर्ड कायम गर्न सफल झापाको बिर्तामोड निवासी २० राजा थापा अर्काे पनि अनौठो विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् ।

1454692550pencil-record

raja (1) 13148009_1716907021885724_285194375_o
भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेर कायम गरेको विश्व रेकर्डलाईपछि पार्दै गत फेव्रवरी २ मा मिरर डटकमले १३८ वटा पेन्सिल मुखमा राखेर उनले विश्व रेकर्ड कायम गरेको खवर सार्वजनिक गरेको थियो । पाँचथरको स्याव्रुम्वा – ६ मा जन्मिएका उनी अहिले बिर्तामोड बस्तै आएका छन् । उनले पछिल्लो समय ढाडले मारुती भ्यान तानेर विश्व रेकर्ड राख्ने तयारी गरिरहेका छन् । परीक्षण अवधिमा उनले शनिवार बिर्तामोडस्थित नयाँ वसपार्कमा मे १ च ३८६३ नम्वरको मारुती भ्यानलाई ढाडले तानेर सबैलाई अचम्वित तुल्याए । थापाले मेरुदण्डको माथिल्लो भागमा रहेको ढाडको दुवै हातका पाताको करङले गाडी डो¥याएका थिए । उनले त्यसरी गाडी डो¥याउदा उनलाई हेर्नेको घुइचो लागेको थियो । उनले नयाँ वसपार्कमा करिव एकसय मिटर गाडी तानेका थिए । सीधा बाटो भए २० किलोमिटरसम्म गाडी ढाडले तान्न सक्छु भन्दै उनले भने–‘आफूमा अनौठा अनौठा कला भएपनि हेरेर हासेर उडाउने वाहेका कसैको साथ नपाएकाले म सधै ओझेलमा पर्ने गर्छु ।’

SAMSUNG CAMERA PICTURES
गाडीलाई ढाडले तानेर विश्व किर्तामान कायम गर्दै नेपालको नाम विश्वमा चिनाउने मेरो सोच छ साथ पाए भने सफलपनि हुन्छु भन्दै उनले अगाडि थपे–‘म ढाडले मात्रै होइन दाँत, कान, कपाल र खंगाली (घाटी मुनी कुमसंगै जोडिएर रहेका हड्डी ) ले पनि गाडी तानेर विश्व रेकर्ड राख्न सक्छु ।’ उनले यस अघि ३२ वटा मैनवत्तीलाई मुखमा वालेर पनि विश्व रेकर्ड कायम गरिसकेका छन् । उनले यो रेकर्ड कायम गर्दा ३२ वटा मैनवत्तीलाई ३० सेकेन्डसम्म मुखमा राखेर बाल्न सफल भएका थिए ।
त्यस्तै ढाडको सहायताले विस्कुट फुटाएर पनि उनले विश्व किर्तिमान कायम गरिसकेका छन् । इटलीका एक व्यक्तिले एक मिनेटमा २१ वटा विस्कुट खोलेका थिए । तर, उनले सो समयमा ३८ वटा विस्कुट फुटाएर प्रत्येक पाना अलग अलग गर्दै विश्व किर्तिमान राख्न सफल भएका छन् । बिर्तामोडस्थित देवी उच्च माविमा अध्ययनरत रहेका उनी बिर्तामोडस्थित एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । होटलको नाम खुलाउन नचाहेका उनले उक्त होटलमा आफूले तीन वर्षदेखि लगातार सेक्युरिटी गार्डको काम गर्दै आएको बताए ।
होटलमा सेक्युरिटी गार्डको काम गर्दै विश्व रेकर्ड कायम गर्न सफल उनले यस अघि सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैल्याउन झापाका विभिन्न स्थानमा हेन्डिल र ब्रेक विनाको साइकल कुदाएका छन् । ट्राफिक नियम पालना गरौं भन्ने सन्देश सहित उनले बिर्तामोड–चन्द्रगढी,बिर्तामोड–दमकसम्म ह्यान्डिल र व्रेक विनै साइकल कुदाएर जनचेतना फैंल्याउदै आएका छन् । हेन्डिल र व्रेक विनाको साइकल लिएर सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैंल्याउदै तराई भम्रण निस्कने आफ्नो लक्ष्य रहेको उनले बताए । उनी ह्याण्डल र ब्रेक बिनाको साइकल कुदाएर गिनिज बुक अफ द बल्र्ड रेकर्डमा नाम लेखाउन लागिपरेका छन् । यस्तो साइकल कुदाएर ट्राफिक नियम पालन गर्न युवालाई सन्देश पनि दिने उनले बताए । राम्रो कण्डिसनयुक्त मोटरसाइकल, बस लगायतका सवारी साधन कुदाए पनि ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको बताउँदै उनले भने– म त ह्याण्डल र ब्रेक बिनाको साइकल ट्राफिक नियम पालन गर्दै कुदाउदा दुर्घटना गराउदिन राम्रो कण्डिसन भएका सवारी पनि त्यसका चालकले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन्छ । अनौठो–अनौठो कार्य गरेर विश्व रेकर्ड बनाउने ध्याउन्नमा लागेका उनी आफ्नो प्रतिभा देखाउन जेठ २ गते धरान र जेठ १६ गते शनिश्चरेमा कार्यक्रम गर्ने बताए ।
अवसर पाए नेपालको नाम राख्ने मेरो सोच हो भन्दै उनले भने –‘ कसैले सहयोग गर्न चाहानुभए जस्तो सुकै काम गरेर भएपनि म देशको नाम राख्छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर