Aamsanchar

वर्षेनी ५ करोड ६० लाख भ्रुण हत्या

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

abortion

 हरेक वर्ष चार गर्भधारणमध्ये एउटा गर्भाधारण पतनमा अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र गुटम्याचर इन्स्टिच्युटले सार्वजनिक गरेको एक रिर्पोटमा उल्लेख छ । ल्यान्सेटमा प्रकाशित सो रिर्पोट अनुसार हरेक वर्ष ५ करोड ६० लाख भ्रुण हत्या हुने गरेको छ । यो आकडा यसअगाडि अनुमान गरे भन्दा निकै उच्च हो ।

धेरै धनी देशहरुमा भ्रुण हत्यामा सुधार आए पनि गरिब मुलुकमा त्यसको कुनै गुन्जायस नदेखिएको अध्ययनमा उल्लेख छ । वैज्ञानिकहरुले  गर्भनिरोधका अन्य तरिका अपनाउन आव्हान गरेका छन् ।

वैज्ञानिकका अनुसार सन् १९९० देखि १९९४ मा बर्सेनी ५ करोडले गर्भपतन गरेकोमा सन २०१० देखि २०१४ मा यो संख्या ५ करोड ६० लाख पुगेको छ । विकासन्मुख देशहरुमा यो संख्या बृद्धि भएको छ । जनसंख्या बृद्धि र सानो परिबारको चाहनाले यो संख्यामा बृद्धि भएको हो । गरिब क्षेत्रमा गर्भपतनको दर बढेपनि धनी मानिस बसोबास गर्ने क्षेत्रमा भने हरेक १ हजार महिलामा गर्भपतन दर २५ बाट १४ ले झरेको छ । गर्भपतन कानूनी वा गैरकानूनी जेसुकै भए पनि गर्भपतन दर प्राय देशमा समान रहेको पाइएको छ ।

गर्भपतनलाई प्रतिबन्ध लगाउने कानूनले गर्भपतनको संख्यालाई घटाउनुको सट्टा असुरक्षित हुने गैरकानूनी गर्भपतन खोज्न मानिसलाई उत्प्रेरित गरेको उनीहरुले तर्क गरेका छन् । अध्ययन अनुसार ल्याटिन अमेरिकी मुलुकमा हरेक तीन जनामध्ये एक जनाको गर्भ पतन हुने गरेको छ । यो अवस्था विश्वका अन्य मुलुकको भन्दा विकराल छ ।

अध्ययन अनुसार पश्चिम युरोपमा गर्भपतन दरमा थोरै बृद्धि भएको छ । पूर्वी युरोप र अन्य क्षेत्रबाट पश्चिम युरोपमा बसाई सर्नेको संख्यामा आएको बृद्धिसँगै गर्भपतनमा पनि बृद्धि भएको हो ।

संसारका कतिपय मुलुकका धेरै मानिसलाई अझै पनि परिवार नियोजनका साधनहरुबारे त्यति ज्ञान नभएको अनुसन्धानकर्ता बताउछन् । ‘हाम्रो अध्ययनमा उच्च गर्भपतनको दरले गर्भनिरोधका साधनको आवश्यकतालाई समेत औल्याएको छ ’ डब्लुएचओका बेला गान्त्रा भन्छन् ।एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर