Aamsanchar

सनी लियोनी अब लेखिका

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

मुम्बई । अश्लील ( पोर्न ) फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा ठूला हस्तीहरुलाई समेत पछि पारेकी छिन् ।नेपाली मदिराको विज्ञापनमा समेत देखिन भ्याएकी सनी अब नयाँ भूमिकामा पनि देखापर्न थालेको समाचार छ । टाइम्स अफ इण्डिया अनलाइनका अनुसार सनीको नयाँ अवतार लेखिकाका रुपमा हुँदैछ , ुस्वीट ड्र्म्सि ु शिर्षक दिइएको यो पुस्तक लघु कथा संग्रह हो जसमा १२ वटा लघुकथाहरु समावेश गरिएका छन् । लेखनबारेमा कुनै कुरा दिमागमा नभएपनि आफुसँग भएका केही ु विचार ु प्रयोग गरेर कथा लेखेको उनको भनाई छ । पोर्न की रानीले महिला, यौन तथा सामाजिक परिवेशलाई कथाका विषयवस्तु बताएकी छिन् ।

पुस्तक प्रकाशक जुगरनट बुक्सले लघुकथा संग्रह प्रकाशित गर्ने मनसायसहित आफुकहाँ प्रस्ताव ल्याउँदा यसलाई चुनौतीका रुपमा लिएको र तीन महिनाभित्र लेखन कार्य सम्पन्न गरेको भनाई यी ३४ वर्षीया भारतीय मूलकी कलाकारको छ ।पुस्तकका प्रायः सबै कथा यौनसँग सम्बन्धित भए पनि सबै काल्पनिक तथा आफ्नो वास्तविक जीवनसँग कुनै सम्बन्ध नरहेको पनि सनीले जानकारी दिएकी छिन् ।

पुस्तकमा समावेश कथाहरु सामाजिक परिवेशभित्रै रहेर लेखिएका र विशेष गरी महिला पाठकहरुलाई पढ्न कुनै अप्ठयारो नहुने भनाइ पनि उनको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर