Aamsanchar

पुलिसले यसरी खोस्यो सताक्षी गोल्डकप

Author Image
शनिवार, जेठ १, २०७३

polic
झापा–
झापाको झिलझिलेमा आयोजित प्रथम सताक्षी गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले रक्षा गरेको छ ।
शनिबार स्पर्धी रुपन्देही ११ लाई ३–२ गोलको अन्तरले हराउादै उपाधि रक्षा गरेको हो । जितसंगै पुलिसले नगद ३ लाख जित्न सफल भयो भने रुपेन्दहीले एक लाख पचास हजारमा चित्त बुझाउनु पर्‍यो ।
प्रतिष्पर्धात्मक खेलको ७औं मिनेटमा पुलिसका रवि पासवानले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यसको २८औं मिनेटमा पुलिसका दिनेश गुरुङ्गले पेनाल्टी मार्फत आफ्नो टीमलाई अर्को गोल गर्दै नतिजा दोब्बर बनाए ।
पहिलो हाफसम्म २–० ले पछि परेको रुपन्देहीले दोस्रो हाफ आक्रामक खेलेको थियो । उसका प्रहारहरु बारम्बार खेर गइरहेको बेला पुलिसले रुपेन्दहीका डिफेन्स बिट भएको मौकामा रवि पासवानले नै ८३औा मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे ।
स्थानीय दर्शकहरुको भरपूर समर्थन पाएको रुपन्देही ११ ले पाएको थुप्रै मौकालाई जाली चुमाउन चुकेको थियो । रुपेन्दहीका खेलाडी विजय धिमालले खेलको ६१औा मिनेटमा प्रहार गरेको सुन्दर फ्रिकिक पोलमा ठोकिन पुग्नु नै रुपन्देहीका लागि अभिश्राप बन्न पुग्यो ।
तर, खेलको अन्त्यतिर पुलिसका किपर रबिन श्रेष्ठ बीट भएको मौकामा रुपेन्दहीका खेलाडी मार्टिनले गोलगर्दै आफ्ना समर्थकलाई केही जोस उठाएका थिए । लगत्तै पुन: रुपेन्दहीका खेलाडी भिक्टोरले टिमका लागि गोल गरे पनि जीतका लागि सम्भव भएन
खेलको म्यान अफ द म्याच रुपेन्दहीका बिजय धिमाल भए भने बेस्ट किपर पुलिसका सुजीत गुरुङ्ग, वेस्ट डिफेन्स पुलिसकै रविन श्रेष्ठ, सर्वाधिक गोलकर्ता पुलिसका रवि पासवान र आयोजक टिमका अञ्जन बिष्ट, वेस्ट मिडफिल्डर रुपेन्दहीका कालु थापा र वेस्ट कोच पुलिसकै अनन्त थापा घोषित भए । उनीहरुले जनही दश/दश हजारसहित ट्रफी पाए भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पुलिसका तेज तामङङ्ग घोषित हुदैं नगद २५ हजार जित्न सफल भए । सोही कार्यक्रममा झापाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अनन्त तामाङ र विशाल राई बीलाई सम्मान गर्दै आयोजकले नगद ११/११ हजार रुपैयाा प्रदान गर्‍यो ।
सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा झापा क्षेत्र नम्बर ५ का सभासद केशवकुमार बुढाथोकी, समाजसेवी एलपी सावा, जेके गुरुङ, प्रहरी प्रमुखहरुले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर