Aamsanchar

नेपालमा ४००० जना चार्टर्ड एकाउन्टेन्ट (सीए) अपुग

Author Image
आइतवार, जेठ २, २०७३

CPE-Calculator

काठमाडौँ ।

नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट सिए को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् ।

चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था ९आइक्यान०का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण गरेका एक हजार जनामध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा कार्यरत छन् । आइक्यानले आयोजना गरेको दुईदिने ‘सि करियर एक्स्पो’मा विद्यार्थीको आकर्षण बढिरहेको पाइएको छ ।

संस्थाका अनुसार शनिबारदेखि सुरु भएको सो एक्स्पोमा करिब १०० विद्यार्थी सिएको अध्ययनबारे जानकारी लिन आइसकेका छन् । आइक्यानका शिक्षा विभाग अधिकृत माधव कक्षपतिले सिएमा विद्यार्थीको आकर्षण बढ्दै गएको तथा हाल काठमाडौँ र उपत्यकाबाहिर गरी करिब १० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।

संस्थाबाट सम्बन्धन प्राप्त करिब १५ इन्स्टिच्युटले सो विषय अध्यापन गराइरहेका छन् । करिब ५ वर्षे सो अवधिको पढाइ सक्न रु एक लाख ५० हजारदेखि रु तीन लाख ५० हजारसम्म लाग्छ । सिए अध्ययन गर्ने विद्यार्थी लेखापरीक्षण, कर, वाणिज्य कानुन, व्यवस्थापनजस्ता विषयमा दक्ष हुन्छन् । अहिले वार्षिक ७० जनाले सो विषय उत्तीर्ण गर्ने गरेका छन् । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर