Aamsanchar

रक्सी खान आएका १३ जना भारतीय नेपालमा पक्राउ

Author Image
आइतवार, जेठ २, २०७३

Beer

रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ नेपाली सीमावर्ती छाप्रे होटेलहरुमा ओइरिन थालेका छन्।
नेपाल भारत सीमाक्षेत्र सँगै जोडिएको महादेवपटी, गौर र वेलविछवा नाकामा सञ्चालित छाप्रे होटेलवाट १३ जना भारतीयलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असोक झाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले विभिन्न छाप्रे होटेलहरुमा छापा मार्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर