Aamsanchar

पूर्व श्रीमतीले ……दिएपछि

Author Image
सोमवार, जेठ ३, २०७३

pakrau

बनेपा  । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ ।

जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडाँैंबाट वैदेशिक रोजगारीमा जाँदा उमेर घटाएर र वास्तविक उमेरमा दुईवटा नागरिकता र राहदानी बनाएकाले उनलाई काठमाडौँंमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धुलिखेल पठाएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

श्रीमती सम्झना थापाले दीपकसँग काठमाडौँं जिल्ला अदालतमा २०७२ चैत २८ गते सम्बन्धबिच्छेद गर्दै चैत ३० गते नै उनीविरुद्ध दोहोरो नागरिकता र राहदानी लिएको उजुरी प्रहरीमा दर्ता गराएकी थिइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका दीपक सम्बन्धबिच्छेद हुनु १७ दिनअघि मात्रै नेपाल फर्केका थिए ।

दीपकले २०५१ वैशाख १२ गते काठमाडाँैं जिल्ला प्रशासन कार्यालयबाट र २०५८ असार १० गते जिल्ला प्रसासन कार्यालय, काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी बनाएको प्रहरीले जनाएको छ ।

जिप्रका, धुलिखेलका प्रनाउ नवीनराज राईले उनलाई कीर्ते नागरिकतासम्बन्धी मुद्दा चलाइने बताउनुभयो । बहुविवाहको मुद्दा टुङ्गो लागेपछि दोहोरो नागरिकता लिएको आरोपमा वैशाख १५ गते काठमाडाँैं प्रहरीले जिप्रका धुलिखेल पठाएको थियो ।

यसैबीच, बहुविवाहको अरोपमा काभ्रेपालञ्चोक पाँचखाल नगरपालिका–१० बस्ने हरिचन्द्र दनुवार, सोही ठाउँ बस्ने निजको कान्छी श्रीमती सिर्जना दनुवार र काभ्रेपलाञ्चोक जिल्ला विर्तादेउराली गाविस–५ घर हुने चस्मे बुढा भन्ने अष्टमान तामाङ्लाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर